Important things first. Let's checkout some news...

Choose News Feed:

News from Nepal

Source: BBC Nepali
जलवायु सहमति गर्न जीसेभेन असफल

जर्मन चान्सलर एंगेला मर्केलले इटलीमा जारी जीसेभेन समूहको शिखर सम्मेलनमा जलवायु परिवर्तन सम्बन्धी वार्ता कठिन र असन्तोषजनक भएको बताएकी छिन्।
लुक्लामा कार्गो विमान दुर्घटनाग्रस्त

सोलुखुम्बुको लुक्ला विमानस्थल नजिकै विमान दुर्घटनामा घाइते भएका एक चालकको उपचारको क्रममा ज्यान गएको एक अधिकारीले बताएका छन्।
लुक्लामा कार्गो विमान दुर्घटनाग्रस्त

सोलुखुम्बुको लुक्ला विमानस्थल नजिकै विमान दुर्घटनामा घाइते भएका दुई चालक र एक परिचारिकाको लुक्लामैं उपचार भइरहेको एक अधिकारीले बताएका छन्।
अफगान बम आक्रमण कम्तिमा १३को मृत्यु

अफगानिस्तानको पूर्वी शहरमा भएको आत्मघाती बम हमलामा कम्तिमा १३ जनाको ज्यान गएको बताइएको छ।
‘महाभियोग फिर्ता लिन सत्ता पक्ष सहमत’

प्रमुख तीन दलले प्रधान्यायधीशविरुद्धको महाभियोग फिर्ता लिने, पहिलो चरणको स्थानीय चुनावमा भएका भनिएका अनियमितता छानबिन गर्न समिति गठन गर्नेसहितका सहमति गरेका छन्।
‘अक्सिजनका सिलिण्डर चोरी’

विश्वको सर्वोच्च शिखर सगरमाथामा अक्सिजनका सिलिण्डरहरु चोरिने ‘घातक प्रवृत्ति’ बढ्दै गएको शेर्पा र विदेशी पर्वतारोहीहरुले बताएका छन्।
'संसद्‍मा छलफल नभएर केही हुँदैन'

यस पटकको नीति तथा कार्यक्रममा नयाँ कार्यक्रम नराखिएकाले त्यसबारे संसद्‍मा हुन नसकिरहेको छलफलले खासै अर्थ नराख्ने विज्ञहरुले बताएका छन्।
इजिप्टद्वारा लिबियाका ‘जिहादी शिविर’मा हमला

आफ्ना देशका ईसाई धर्मावलम्बीहरुको ज्यान लिने गरी बन्दुकधारीहरुले हमला गरेपछि इजिप्टको वायुसेनाले लिबियाको पूर्वी क्षेत्रमा रहेका जिहादीहरुविरुद्ध कारबाही थालेको छ।
'निर्वाचनमा भाग नलिने, अवरोध गर्ने'

तराई केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपाल सहितको संघीय गठबन्धनले दोस्रो चरणको स्थानीय निर्वाचनमा भाग नलिने र निर्वाचनका कार्यक्रमलाई अवरोध गर्ने जनाएको छ।
इजिप्टमा कोप्टिक इसाईहरुमाथि हमला

इजिप्टमा बन्दूकधारीहरुले कोप्टिक इसाईहरुलाई लिएर गैरहेका दुईवटा बसहरुमा हमला गर्दा कम्तीमा २८ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन्।
नयाँ प्रविधिलाई प्रोत्साहन?

परम्परागत माटोका सामाग्री बनाउने भक्तपुरको प्रजापति समुदायले नयाँ प्रविधि प्रयोग गर्नु आवश्यक छ? भन्नेबारे एक सामाग्री
स्थानीय तहले अब कसरी पैसा पाउँछन्?

प्रदेश तथा स्थानीय तहले अब संविधानले ग्यारेन्टी गरेका शीर्षक अन्तर्गत स्रोत पाउने तथा जुटाउनेछन्।
वित्तीय थिति कहिले बस्ला?

नयाँ संविधान अन्तर्गत निर्वाचित स्थानीय तहलाई जुटाउनु पर्ने स्रोतको थिति बसाउन वर्षौं लाग्न सक्ने विज्ञहरुले चेतावनी दिएका छन्।
फर्किएलान् त नेपाली वैज्ञानिक?

प्रारम्भिक लगानी ५० लाख रुपियाँ सहित सरकारले सुरु गरेको ‘फर्क है फर्क वैज्ञानिक: तिमीलाई डाक्छ नेपाल’ भन्ने अभियान सफल बनाउन कैयौं चूनौतिहरु रहेको विज्ञहरु बताउँछन्।
विमान खरिद गर्न ऋण सम्झौता अन्तिम चरणमा

दुई ठूला हवाइजहाज खरिद गर्नका निम्ति कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसंग गर्ने भनिएको ऋण सम्झौता अन्तिम चरणमा पुगेको अधिकारीहरुले बताएका छन्।
ट्रम्पका ज्वाईं अनुसन्धानको घेरामा

राष्ट्रपति ट्रम्पका छोरी ज्वाईं ज्यारेड कुश्नर, रुसी हस्तक्षेपबारे एफबीआइको अनुसन्धानको घेरामा रहेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन्।
सहमतीय सरकार नबन्ने पक्का

व्यवस्थापिकाका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेले राष्ट्रपतिले आह्वान गरे अनुसारको सहमतिका आधारमा सरकार बन्ने संभावन कम भएको बताएका छन्।
ट्रम्पद्वारा गोप्य सूचना चुहाउने कामको भर्त्सना

राष्ट्रपति ट्रम्पले अमेरिकी निकायले म्यान्चेष्टर हमलापछिका गोप्य तस्वीर चुहाएको भन्ने आरोपबाट आफू अति दु:खी भएको बताएका छन्।
'थपिएका स्थानीय तह अनुरुप नै चुनाव गराइने'

सरकारका एकजना उपप्रधानमन्त्रीले हालैको मन्त्रिपरिषदको निर्णय अनुसार थपिएका स्थानीय तह अनुरुप नै निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय तह दोश्रो तहको निर्वाचन जेठमा हुने बताइन्।